मङ्गलवारे बहुमुखी क्याम्पस यस क्षेत्रका शिक्षाप्रेमी समाजसेवी महानुभावहरुको पहल, प्रयास र लगानीमा स्थापना भई सञ्चालित नितान्त मुनाफा रहित सामुदायिक क्याम्पस हो । यस क्याम्पसको स्थापना र विकासका लागि जग्गादाता, चन्दादाता महाुभावहरुको महत्वपूर्ण भूमिका रहेको छ । क्याम्पसको भौतिक शौक्षिक उन्नतीको लागि विश्वविद्यालय अनुदान आयोगको मार्ग दर्शन साथै अनुदान सहयोग अविस्मरणीय रहेको छ । भने देउमाई नगरपालिकाले वार्षिक रुपमा प्रदान गर्ने निशर्त अनुदानले क्याम्पसको भौतिक तथा शौक्षिक विकासमा महत्वपूर्ण टेवा पुगेको छ । साथै यस क्याम्पसको लागि सांसद विकासकोष, कावेली कोरिडर, इलामेली विद्यार्थी मञ्च लगायत विभिन्न सरकारी, गौरसरकारी संस्थाहरुले गरेको सहयोगले तथा क्याम्पस सञ्चालक समिति, सल्लाकार समिति, क्याम्पस प्रशासन, अभिभावक शिक्षक कर्मचारी स्टाफ तथा विद्यार्थीहरुको अथक प्रयासको परिणाम स्वरुप क्याम्पसले QAA चक्र पुरा गरी QAA Certify हुने संघारमा पुगेको छ । क्याम्पसलाई यस अवस्थासम्म ल्याइ पु¥याउन महत्वपूर्ण योगदान गर्ने सम्पूर्ण संघ संस्था तथा महानुभावहरु प्रति हार्दिक आभार प्रकट गदै, क्याम्पसको दीगो विकासका लागि अक्षयकोष स्थापना गर्ने कार्यमा बढेर अक्षयकोष स्थापना गर्ने कार्य तीव्र रुपमा अगाडि बढेकोले इञ्छुक महानुभावहरुलाई अक्षयकोष (विउँ पूँजी) स्थापना गरिदिनुहुन अनुरोध गर्दछु ।
अध्यक्ष
क्याम्पस सञ्चालक समिति